आजको राशिफल



बि.स.२०७४ फाल्गुन १७ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च ०१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि चतुदर्शी ०४ घडी २९ पला, बिहान ०८ बजेर १८ मिनेट उप्रान्त पुर्णिमा । नक्षत्र मघा ४३ घडी २४ पला,बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग अतिगण्ड ०२ घडि ३३ पला,बिहान ७ बजेर ३२ मिनेट उप्रान्तद सुकर्मा । करण वणिज,बिहान ८ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त वव । आनन्दादिमा मुशल योग । चन्द्रराशि सिंह । फागु पूर्णिमा। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व। थकालीहरूको तोरन्ल पर्व।

काठमाडौंमा सूर्योदय ६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५१ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योगलाई नकार्न सकिदैन । परिवारका साथ रमाईलो बाताबरणमा मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

शुभ अंक — १,५  शुभ दिशा — दक्षिण

शुभ रंग — कफि  कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,,,,वा,वी,वू,वे,वा) कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने घर जग्गाको कारोबार फस्टाएर जानेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ । आत्मबल मजभुत हुँने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा परिवारका मानिसबाट भनेजस्तो समर्थन पाईन हुँनादे अग्रगामि छलाङ मार्न सकिनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

शुभ अंक — २,३   शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सरस्वत्यै नम

मिथुन(का,की,कू,,,,के,को,हा) आन्तरिक यात्राको तय हुँनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग —  निलो कार्य सिद्धि मन्त्र — ॐ महालक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

शुभ अंक — ४,७  शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो    काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । प्रेम प्रशङगमा सामान्य मनमुटाब सिर्जना हुने भए पनि परिवारका साथ रमाईलो गर्दै समय व्यातित हुने हुदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,६  शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,,,,पे,पा) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । ईष्ट मित्र तथा घर परिवारका साथ रमाईला गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — ३,९    शुभ दिशा — पुर्व

शुभ रंग  — हरियो  कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमाको लागि समय दिन नसकिए पनि बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि नै रहनेछ ।

शुभ अंक — ३,४   शुभ दिशा — उत्तर

शुभ रंग — प्याजी  कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गर्ने सोच बन्नेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — ४,९  शुभ दिशा — पुर्व

शुभ रंग  — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,,फा,ढा,भे) समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ । लामो दुरियो शैक्षिक यात्राको पनि प्रशस्त सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले परिणाममुखि कामहरु गर्न सकिने समय रहेकोछ ।

शुभ  अंक —३,६   शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो   कार्य सिद्धि  मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।

शुभ अंक — १,६  शुभ दिशा — पुर्व

शुभ रंग — निलो   कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारको सवालमा लामो दुरिको यात्रा हुने भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । जीवन साथि सँग एक्कासि हुने मनमुटाबले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ ध्यान दिनुहोला । नया ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

शुभ अंक — २,५  शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो  कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,,,,दे,दो,चा,ची) समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा ऋण तथा संकटको सामना गर्नु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । साभिभाई तथा र्ईष्टमित्रहरुको सहयोग नहुँदा समयमा कामहरु सकाउँन मुस्किल पर्नेछ ।

शुभ अंक — ४,९   शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो  कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी

नवयूग ज्योतिष परामर्श सेवा केन्द्र

चाबहिलकाठमाडौं

फोन न. ९८५११७८४५९

नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् स्वस्थ रहनुहोस्  धन्यबाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्