हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल



काठमाडौँ। हिम पहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्याशित ठुलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औँल्याएका छन्। अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैँ जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन्।

हिमताल फुट्ने, हिम पहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन्।हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन्। त्यस वरिपरि पहिरो गएको अवस्थामा पनि ठुलो बाढीको सम्भावना रहन्छ। लामो समय जम्मा भएर बसेको पानी एकै पटक विस्फोट हुँदा त्यसले निम्त्याउने सङ्कट ठुलो हुने गर्छ।

हिमतालमा हिम पहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ। हिउँका ठुला ढिक्का वा डुङ्गासहितको पहिरोले तालको पानी उरालेछ बन्ने बाढीको स्वरूप लिने गर्छ। हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो सङ्कटको ठुलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन्। आजको राजधानी दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्