युएइले कामदारको भिसाको अवधि बढाएर ५ वर्ष बनायो



एजेन्सी । युएईले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसाको अवधि बढाएर पाँच वर्ष पुर्‍याएको छ । युवराज शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसबारे जानकारी दिएका छन् ।

शेखले मंगलबार ट्वीट गर्दै भने, ‘हाम्रो लक्ष्य कम्पनीलाई सुविधा दिनु हो र उनीहरूको टिमका लागि वर्षभरि कन्फरेन्स, बैठक, प्रदर्शनीका लागि दुबई आवतजावतमा सहजता निम्त्याउनु हो ।’ युएईले हालैका वर्षमा थुप्रै नयाँ भिसा विकल्पको सुरुवात गरेको छ ।

सन् २०१९ मा १० वर्षको गोल्डन भिसा त यस वर्ष पाँच वर्षको टुरिस्ट भिसाको प्रावधान सुरु गरेको छ । जसले त्यहाँ लगभग १.४ मिलियन अमेरिकी डलरको सम्पत्तिमा लगानी गरेका छन् त्यहाँ पाँच वर्षको रेजिडेन्स भिसा​ प्राप्त गर्न सक्छन् ।

न्यूनतम १,३६,००० अमेरिकी डलरसहित व्यापार गर्ने उद्यमी वा मान्यता प्राप्त बिजनेस इन्क्यूबेटरमा समावेश व्यावसायी ५ महिनाको भिसा लिन सक्छन् जसलाई ६ महिनाका लागि बढाउन सकिनेछ ।

माध्यमिक विद्यालयमा ९५ प्रतिशतभन्दा बढी वा ३.७५ वा त्योभन्दा बढी ग्रेड पोइन्ट एभरेज (जीपीए) ल्याउने विद्यार्थीले पनि यहाँ पाँच वर्षको भिसा लिन सक्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्