कामदार भिसामा बेलायतले १० हजार माग्यो नेपाली नर्स , मासिक तलब साढे दुई लाखभन्दा बढी



काठमाडौँ । बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । शुक्रवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रक्रिया थालिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबिच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ र सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन् ।

सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, त्यति बेला नेपालले प्रक्रिया अघि बढाउन नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो । बेलायतले अनुभव भएका नर्स नेपालबाट त्यहाँ लैजान चाहेको छ ।

मन्त्रालयका अनुसार श्रम सम्झौता भएपछि बेलायत पठाइने नर्सको तलब मासिक साढे दुई लाखभन्दा बढी हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्