परिवार दलको महाधिवेशन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति ¥याली



काठमाडौँ । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा दल निकट पिस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रवार माइतीघर मण्डला देखि बानेश्वर सम्म ¥याली निकालेको हो । पिस फोर्सको नारामा सेवा, रूपान्तरण र युवा नेतृत्व उल्लेख छ । ¥यालीमा सयौँ युवाहरूको सहभागिता रहेको थियो ।

परिवर्तनका उपलब्धिहरू संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थिति बादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने ¥यालीमा सहभागी नेपाल परिवार दलका केन्द्रीय सदस्य रुपसिह भण्डारीले हे बताएका थिए । पटक पटक जनादेशको अपमान गर्नेहरूलाई जनताले अस्वीकार गरी नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरी मुलुकको विकास र समृद्धिको यात्रालाई तीव्रता दिनु पर्ने उनीहरूको भनाई थियो । पिस र्फोसका अध्यक्ष रवीन्द्र चौलागाईले महाधिवेशन सफल बनाउन ¥यालीकोे आयोजना गरेको बताए ।

उनले भने आगामी निर्वाचन अघि नै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् लगायत व्यवस्था गर्न माग गरे । उनले युवा शक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवा शक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ चौलागाईले भने, ‘युवाहरूले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरूलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेको बताए ।

चौलागाईले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न पिस फोर्स तयार रहेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि सङ्घीय संसद् सम्म सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शान्ति, संवाद र पारस्परिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउन शान्ति बल नेपालले भूमिका खेल्ने कुरा महासचिव नोइन्द्र खतिवडाल बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्