एलिजा र प्रहिलको अभिनय रहेको ‘तिम्रो हासो’ सार्वजनिक



काठमाडौं । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियो शनिवार सार्वजनिक भएको छ ।

चर्चित गायिका रानी शाक्य र लोकप्रिय गायक सुगम पोखरलेको स्वर रहेको गीतमा कम्पोज कल्यान सिंहले गरेका छन् ।
सिन्धुपाल्चोकको रमणीय स्थान र सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् ।

त्यस्तै, गीतमा दधि अधिकारीको लिरिक्स रहेको छ भने ऐरेन्ज राहुल प्रधानले गरेका छन् । म्युजिक भिडियोमा निर्देशन प्रहिल कार्कीले गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्