जातीय विभेद र छुवाछूत गर्ने पण्डितधारीलाई सामाजिक बहिष्कार गर्ने – पण्डित दिनबन्धु पोख्रेल



काठमाडौँ । पण्डित दिनबन्धु पोख्रेलले मठ , मन्दिर सार्वजनिक स्थलमा दलित समुदाय माथि विभेद र छुवाछूत गर्ने , मन्दिर प्रवेशमा रोक लगाउने पण्डितहरूलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

लामो समय देखि जातीय छुवाछूत र विभेद विरुद्ध धार्मिक सुधार अभियान चलाएका पोख्रेलले हिन्दु धर्ममा र गीता , वेदमा छुवाछूत , विभेद गर्न पाइने र हुने भनी कहीँ नलेखिएको जिकिर समेत गरेका छन् ।

धर्मका नाममा केही पण्डितले दलित समुदाय माथि छुवाछूत र विभेद गरेको भने स्वीकार गरेका छन् उनी भन्छन् ” सच्चा हिन्दुले जातीय विभेद नै गर्दैन र जसले गर्छ उ हिन्दु हुनै सक्दैन त्यसैले धर्मको खोल ओढेर जातीय विभेद गर्नेलाई बेलैमा सच्चिन अनुरोध छ यदि नसच्चिए सामाजिक बहिष्कार गरिने छ “।

हेर्नुहोस् भिडियो :

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्