समाज कल्याणको लागि आफू धर्म कर्ममा लिप्त छु: तान्त्रिक बाबा

जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिँदै तपस्यामा लिन तान्त्रिक बाबा


महेश सिंह लहान ५, मङ्सिर – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झन्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन्।२०७८ मङ्सिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झन्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार सम्मेलन मार्फत सुनाउनु भयो। प्रति बोरा २५ केजीको दरले करिब ४० बोरा खुर्सानी आगोमा जलाउने योजना रहेको तान्त्रिक बाबाले सुनाएका छन् । समाजको हितको लागि हामी जहाँ धार्मिक कार्यको आयोजना गर्छु, त्यहाँको समाज संग पहिला सोधपुछ गरेर अनि मात्र उक्त कार्यको सुरुवात गर्ने गरेको छु , बाबाले पत्रकारहरूलाई सुनाए। बाबा समक्ष भक्तजनले नि:शुल्क मनोकान्क्षा राख्न सक्ने छ्न् । हिन्दु धर्मावलम्बीको आस्था संग जोडिएको , धार्मिक कार्य भएकोले निःशुल्क हो , मनोकान्क्षा पूरा भएपछि खुसी साथ भक्तजनले केही दिएमा मात्र ग्रहण गर्ने बाबाले बताएका छन् । `खुसी दान महा – कल्याण´ भन्दै तान्त्रिक बाबाले भने- मलाई कुनै लोभ छैन् , म समाजको कल्याणको हितको लागि मेला आयोजना गरेको छु , सुनाए ।, जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिई दैनिक करिब ८ घण्टा तान्त्रिक बाबाले यज्ञको सुरुवात गरिसकेको समाजसेवी एवम् कार्तिक कुम्मर मेला महोत्सवका सल्लाहकार कुशेश्वर साहले बताएका छन्।जलिरहेको खुर्सानीको बास्ना लिई रहेको बेला तान्त्रिक बाबा समक्ष भक्तजनले कुनै पनि मनोकान्क्षा राखेको खण्डमा मनोकान्क्षा पुरा हुने उनले बताए। यसअघि सिरहा सहित तराईका विभिन्न जिल्लामा तान्त्रिकबाबाले तान्त्रिक होम , तुलसी महायज्ञ , भण्डारा , हनुमान आराधना लगायतको धर्म कर्म गर्दै आएका छन् । तान्त्रिक बाबाले कमला नदिको किनारमा कार्तिक पुर्णिामाको दिन लगातार ५ बर्ष सम्म विभिन्न खाले यज्ञ लगाउने तयारी समेत गरेका छन् ।

उनी भिक्षा मागी यज्ञ लगाउने गर्दछ , जिवनमा १ सय ८ ठाउँमा विभिन्न खाले यज्ञको आयोजना गर्ने बाबाको योजना छ ।तान्त्रिक बाबा द्वारा चिक्ना भोक्राहामा आयोजित झन्डा मेलामा भगवान राम ,लक्ष्मण , महुथिया ( चालक ) सवार हाती अन्कित मुर्तिमा झन्डा राखेका छन् । हनुमान जि महाराज , सबुरी माता लगायतको मुर्ती सहित झन्डा मेला लगाएका छन्। गाउँघर, समाजको कल्याणको लागि आफू धर्म कर्ममा लिप्त भई विभिन्न ठाउँमा भिक्षा मागेर यज्ञको आयोजना गरेको बाबाले सुनाए।तान्त्रिक बाबा संगसङै दर्जनै बाबाहरु सहभागी उक्त झन्डा मेलाको यज्ञमा आशीर्वाद लिने हजारौँ भक्तजनहरूको घुइँचो रहेको मेला समितिले जनाएको छ। स्थानीय समाज र सहयोगी मनहरूको सहयोगमा भिक्षा मागेरै उक्त मेला व्यवस्थापनका लागि तान्त्रिक बाबाले लाखै रकम खर्च गरेका स्थानीय समाज सेवी कुशेश्वर साहले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्