जन्ती बोकेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



सिन्धुपाल्चोक । जिल्लाको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुन पाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्।   

दुर्घटनापछि बसका चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बस्नेत मेलम्चीमा रहेको मेरो माइक्रोफाइनाइन्सका कर्मचारी हुन्।

घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन् । शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्