अवैध मार्गको वैदेशिक रोजगारीमा जोखिम बढ्दै



काठमाडौं : साउदी अरबले अवैधानिक आप्रवासी विरुद्ध कठोर नीति अख्तियार गरिने बताएको छ । एक महिनाको अवधिमा १४ हजार अवैधानिक आप्रवासी प’क्राउ गरेको साउदी अरबले अवैधानिक आप्रवासी कामदार राख्ने वा ओसारपसार गर्नेलाई १५ वर्ष कैद, एक मिलियन अमेरिकी डलर अर्थात् २ लाख ६० हजार रियल जरिवानासहित प्रयोगमा रहेको सवारीसाधन जफत गर्ने बताएको छ । 

प’क्राउ परेका १४ हजारमध्ये १ हजार ५ सय ३४ जना आप्रवासी कामदार रहेको बताइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले  अवैधानिक कामदार राख्नेको सम्पत्तिसमेत जफत हुने बताएको छ ।

उता कतारमा विदेशी कामदारको परिचयपत्र कम्पनीले नवीकरण गर्न नमानेको खण्डमा त्यस्तो कामदार ९० दिन भन्दा लामो समय बस्न नपाउने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले कम्पनीले निकालिदिए पनि अर्को काम खोज्न कामदारलाई जम्मा ९० दिनको समय उपलब्ध हुने बताएको छ । तर विदेशी कामदार  आपराधिक गतिविधिमा संलग्न भएको भए रोजगारी खोज्न नपाउने बताइएको छ । 

उता मलेसिया सेलाङ्गोरको शाहआलमस्थित व्यापारिक क्षेत्रमा प्रहरीले २६ जना बङ्गलादेशी र एक नेपाली कामदारलाई प’क्राउ गरेको छ । प’क्राउ परेकाहरूसँग पहिचान खुल्ने कागजातहरू नभएको, ओभरस्टे बसेको अवस्थामा रहेको अध्यागमन अधिकारीहरूले बताएका छन् । 

मलेसियाले पछिल्लो पटक मानव बेचबिखन र आप्रवासी विरोधी ऐन (एटीआईपीएसओएम), अध्यागमन ऐन १९५९÷६३, राहदानी ऐन १९६६ र अध्यागमन नियम १९६३ अन्तर्गत अनुसन्धान सुरु भएको बताएको छ । 

यता गैर कानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्न लागेका एक नेपाली घाइते भएका छन् । ७ आप्रवासीको दुर्घटनामा निधन भएको छ भने ८ गम्भीर घाइते भएका छन् । नेपालीसहित १५  आप्रवासी शुक्रबार टर्कीको सीमा हुँदै ग्रिसको उत्तरी नाकाबाट युरोप छिर्न खोजेका थिए । तर मध्यरातमा गाडी दुर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा ६ पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने नखुलेको बताइएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्