कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० भित्र सार्वजनिक हुने



काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर भित्र २० सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मङ्सिर २० गते भित्र नै कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । 

नतिजा सार्वजनिकको लागि अहिले उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई तालिकीकरणको काम गरिरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । 

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्