जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते



जाजरकोट। जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते  भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भइरहेको छ  । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटना स्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।

जाजरकोट प्रहरीले घाइतेहरूको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ भने भम्भिर घाइतेलाई नेपालगंज पठाउने तयारी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्