आमा र बहिनीको कु’ट’पिटबाट राजेन्द्र उरावको मृत्यु



मोरङ । कटहरी गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कु’ट’पिटबाट आइतबार राति मृत्यु भएको छ । कु’ट’पिटमा सम्लग्न रहेका ५५ वर्षीय बातियो उराव र ३० वर्षीय रिता उरावलाई प’क्राउ गरिएको छ ।

मंसिर ११ गते ९ वजेतिर कटहरी ५ का ४० वर्षीय राजेन्द्र उराउले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५५ की बातियो उराउबीच विवाद हुँदा आमा र मृतकी बहिनी ३० बर्षीया रिता उराउले बाँसको लाठिले टाउकोमा प्र’हार गर्दा राजेन्द्र गम्भीर घाइते भएका थिए।

घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवा १० बजे मृत्यु भएको थियो । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्