कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय



काठमाडौं । कपालले मानिसहरूलाई सुन्दर र आकर्षण देखाउँछ र सुन्दरतामा निखार ल्याउँछ । कसैलाई मन नपर्ला र ? सर्लक्क परेको कपाल ।त्यसैले सबैले चाहन्छन् आफ्नो कपाल सर्लक्क र राम्रो होस् भन्ने । सोही कारण मानिसहरू आफ्नो कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत गर्छन् ।

आयुर्वेदमा कपाल झर्नुको मुख्य कारण पित्त दोषको असन्तुलनलाई मानिएको छ । असम्यक आहार–विहार, आचरण (जस्तै: असमय भोजन, चिया, कफी, मदिरा, मासु, चिल्लो, पिरो, मसलादार खानाको अत्यधिक सेवन, चिन्ता, तनाव, अनिद्रा, आदि) ले शरीरको पित्त दोषमा असन्तुलन आउने गर्छ।

जसका कारण कपाल झर्ने क्रम बढ्न थाल्छ । पित्त दोषका कारण बाहेक शरीरमा हुने हर्मोनको गडबडी, तालुमा हुने फंगल सङ्क्रमण, चाया, लुपस लगायतका छालाजन्य रोग र मधुमेह जस्ता रोगले गर्दा पनि कपाल झर्न सक्छ।

यदि तपाई पनि यो समस्याबाट हैरान हुनुभएको छ भने हामी तपाईँलाई यस समस्याबाट मुक्ति मिल्ने घरेलु उपाय दिँदै छौँ । जुन तपाईँले अपनाउनु भयो भने सो समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ ।

–नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ।

– अमला टुक्रा बनाउने र त्यसमा नरिवलको तेल राखेर एक छिन घाममा राखेर तातो बनाउने । सेलाएपछि यसलाई बिस्तारै कपालको जरामा लगाउने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

–कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।

–कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पुरै नगलुन्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पुरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।

–कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

–अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

–एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ।

–तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यस पानीले कपाल धुनाले लाभ हुन्छ ।

के नगर्ने ?

– यदि तपाईँले नियमित रूपमा एन्टी ड्यान्ड्रफ स्याम्पु लगाएर नुहाउने गर्नुहुन्छ भने त्यसलाई रोकिदिनुहोस् । एन्टी ड्यान्ड्रफ स्याम्पु धेरै समयसम्म प्रयोग गर्दा त्यसले तपाईँको कपाल लाई कमजोर र टाउकोको छाला चिल्लो बनाउँछ जसले गर्दा त्यस ठाउँमा फेरी कपाल पलाउँदैन । त्यसैले यसको प्रयोग महिनाको एक पटक मात्र गर्नुहोस् ।

– विभिन्न किसिमका रङ्ग नलगाउने । रङले कपालको सुन्दरतामा खराबी ल्याउँछ ।

– स्ट्रेट गर्नाले कपाल खराब हुन्छ अक्सर महिलाहरूले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईँ आफ्नो कपाल साँच्चै नै राम्रो होस् भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

-नुहाएपछि कपाल राम्ररी सुक्न दिएर मात्र कोर्ने । अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउनासाथ कपाल कोर्ने बानी हुन्छ । तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमा सुकेपछी मात्र कपालमा काइँयो लगाउने गर्नुहोस् ।

-हेड रोलर्सको प्रयोग धेरै नगर्ने । कपाललाई कर्ली बनाउन रात भरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईँ को कपालमा त्यसको अधिकतम समय ३/४ घण्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईँको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउँछ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्