सिरहा क्षेत्र नम्बर -१ को काङ्ग्रेस सभापतिमा सामजसेवी चौधरी निर्वाचित 



सिरहा लहान – नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । निर्वाचित चौधरीले कोरोनाकलामा गरिब, दलित, अपाङ्ग लगायतलाई राहत बाँडेर देशव्यापी चर्चा कमाएका थिए । 

कडा प्रतिस्पर्धाका बिच चौधरीले ३२४ मत ल्याई विजय भएका छन्। युवा नेता चौधरी संग प्रतिस्पर्धामा उत्रेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरेका छन्। चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।चौधरीले पत्रकारहरू संग कुरा गर्दै हामीले नेता सुनिल महतो,अरुण केसी,फुलेशवर महतो लगायतका समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका थिए बताउनु भयो।उनले आफू देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन। समाजमा नेता चौधरीको योगदान निकै रहेको थियो।

हामीलाई चुनावमा विजय गराउनु हुने सम्पूर्ण नेता कार्यकर्ता र हामीलाई चुनावमा सहयोग गर्नु  हुने सम्पूर्ण पत्रकार र संन्चारकर्मी र बुद्धि जीवित र समाज सेवी,र आम समुदायलाई एक मुस्ट रूपमा बधाई तथा धन्यवाद दिनु भयो।

नेता महेश चौधरी विगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी व्यक्ति गत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन्। 

उनले समाजमा गरेका कामहरू उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा  समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय सङ्गीता कर्माचार्य र नजिक कै भाइ दीपेन्द्र सिंहलाई गुमाएको दुःखद खबर समाजमा जग्जाहेर रहेको छ। 

चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ । काँग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने  निर्णय भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्