बाटो ढुकेर बालिकालाई बला त्कार गरेको आ’रोपमा कार्की प’क्राउ



रामेछाप । रामेछाप नगरपालिका–१ गोठ गाउँमा १५ वर्षीय एक बालिका बल त्कृत भएकी छिन् । सरकारले महिला हिं’साको विरुद्ध १६ दिने अभियान सञ्चालन गरिरहेको बेला रामेछापमा एक बालिका बल त्कृत भएकी हुन् ।

बालिकालाई जबरजस्ती करणी आरोपमा रामेछाप नगरपालिका–१ खुर्पातीका ३२ वर्षीय नवराज कार्कीलाई प्रहरीले प’क्राउ गरेको छ ।

गत मङ्सिर ९ गते बेलुकी गोठ गाउँ स्थित बाँस घारीमा बाटो ढुकेर बालिकालाई डर त्रास देखाएर जबरजस्ती करणी गरेको उजुरी पीडित बालिकाले प्रहरी दिएकी थिइन् ।

पीडित परिवारले दिएको उजुरीको आधारमा हिजो बेलुकी रामेछाप नगरपालिकाको वडा नम्बर १ वडा कार्यालय नजिकैबाट प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनु भयो । उहाँको अनुसार प’क्राउ गरेका कार्कीलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्