कार्तिक १२ गते माइत हिँडेकी सरस्वती एक महिनादेखि वेपत्ता



नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की बेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत जान्छु भन्दै हिँडेकी सरस्वती अहिलेसम्म फेला परेकी छैनन् ।  कार्की बेपत्ता भएको एक महिनाभन्दा बढी भइसक्दा पनि पत्तो नलाग्दा परिवार चिन्तित छन् । सम्पर्कमा न आएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गरेका थिए ।

प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म पत्ता लगाउन नसकेको  उनका बुवा रविन कार्कीले बताए । 

तीन वर्ष अगाडि विवाह भएकी सरस्वती हराएको खबर स्थानीय प्रहरी तथा सबै आफन्तलाई जानकारी गराइए पनि कतैबाट केही खबर नआएको  बुवा कार्कीले बताए । घरबाट माइत जान्छु भन्दै हिँडेकी छोरी माइत पनि नआएकी र घरमा पनि नगएकी उनको भनाइ छ ।  घरतिरबाट पनि खोजी भइरहेको भए पनि अवस्था केही पत्ता लाग्न नसकेको उनले बताए ।

सधैँ मोबाइल लिएर हिँड्ने छोरी त्यो दिन मोबाइल पनि घरमै छोडेर हिँडेकीले फोन सम्पर्क समेत नभएको बताउँदै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दिएको तर प्रहरीले  भेटिएको छैन मात्रै भन्ने गरेको उनले बताए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्