विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति



बिर्तामोड ।  होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कु’ट’पिट गरिएको घ’ट’ना सहमतिका नाममा सामसुम पारिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कु’ट’पिट गरेकामा सामसुम पारिएको हो । वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबिच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।

कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक पोखरेलले बुधबार गृहकार्य नगरेको भन्दै बाँसको लट्ठीले नि’र्घात कु’टेको पीडित पक्षको भनाइ छ । कु’टाइबाट तिम्सिनाको तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको छ । ‘नानीले होमवर्क राम्ररी नगरेको भन्दै यति साह्रो कु’ट’पिट गरेछन्,’ पीडित विद्यार्थीकी आमा अञ्जनाले भनिन् । उनले बालबालिकालाई यसरी यातना दिने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखिन् ।

शिक्षक पोखरेलले विद्यार्थीलाई कु’ट’पिट गरेर नराम्रो घटना घटाएको विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले बताए । उनले घटनाका विषयमा पीडित पक्षसँग गल्ती स्वीकार गरी आइन्दा यस्तो घटना दोहोरिन नदिने उल्लेख गर्दै कु’ट’पिट गर्ने शिक्षकलाई बुधबार नै विद्यालयबाट हटाइएको बताए । इलाम घर भई झापाको चारआलीमा बसेर शिक्षण पेसा गर्दै आएका पोखरेललाई जिल्लाका कुनै विद्यालयमा काम नपाउने गरी प्याब्सन/एनप्याब्सनलाई पत्र पठाउने सहमति जुटेको बिर्तामोड–५ का वडा सदस्य लक्ष्मी बाँस्कोटाले बताए । उनका अनुसार कुटपिटबाट नीलडाम बसेको विद्यार्थीको उपचार विद्यालयले गर्ने सहमति जुटेको छ । शिक्षकको कु’टा’इपछि विद्यार्थी निकै डराएको पीडित परिवारले जनाएको छ  । इकान्तिपुरबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्