रचनाको स्वर, नविनको सङ्गीतमा  ‘चोखो माया’ सार्वजनिक ( भिडियो )



काठमाडौं ।  अमेरिकाको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको पूर्ण लम्साल र विष्णु मिश्र बिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नवीन कार्कीले सङ्गीतबद्ध गरेका हुन्।  गीतमा विशाल निरौलाको सङ्गीत संयोजन रहेको छ ।

शैलेश घलेले छायाङ्कन गरेको  भिडियोलाई   विष्णु खड्काले  सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्