गोरखामा विभेद मुक्त कार्यक्रम हुँदै



गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका ५ , देवीस्थान लामाचौरमा विभेद मुक्त कार्यक्रम हुने भएको छ ।

जातीय विभेद विरुद्ध धार्मिक अभियान संचालन गर्दै आएका पण्डित दिन बन्धु पोख्रेलले हिन्दु धर्म र गीता बेदमा कहीँ पनि दलित लाई जातीय विभेद गर्न मिल्ने भनी नलेखिएको हुँदा केही धर्मको खोल ओढने पण्डितले छुवाछूत र विभेद गरेको भन्दै त्यस्ता पण्डितलाई सुध्रन समेत आग्रह गरेका छन् ।

पण्डितहरूले जातीय विभेद गरे सामाजिक बहिस्कार समेत गरिने चेतावनी दिएका पण्डितले समाजमा जातीय छुवाछूत र विभेद अन्त्य गर्न धार्मिक सुधार र धार्मिक कार्यक्रम आवश्यक भएको हुँदा यस्ता कार्यक्रम जरुरी रहेको बताए । गोर्खा आफ्नो जन्म स्थल र गृह जिल्लाबाट नै छुवाछूत मुक्त , विभेद मुक्त कार्यक्रम गर्न लागेको बताए ।

पोख्रेलको अनुसार उक्त कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार र बबिता बानियाँ ( जेरी ) बेजोड प्रस्तुतिको साथै जनप्रतिनिधि, सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, टोल सुधार समितिका संयोजक, सामाजिक परिवारका अगुवा, दलित समुदायका अगुवाको उपस्थितिमा उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनले समाजिक कलंकका रुपमा रहेको यस प्रकारका विभेदहरुलाई अन्त्य गर्न सबैको साथ र सहयोग चाहिने बताए । उनले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैले आ-आफ्नो ठाउँबाट एकजुट भई लाग्नुका साथै अशिक्षा र गरीबीलाई पनि सँगसँगै अन्त्य गर्नुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्