आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मङ्सिर २५ गते (शनिवार)

दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मङ्सिर २६ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

राती: देशको  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्