रोजगारीमा जाने कामदारका लागि चर्को हवाई भाडा !



काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेको छ ।

बुधबार नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधिमण्डलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अन्तर्राष्ट्रिय उडानमा सहजता आई वैदेशिक रोजगारीमा केही सुधार आई वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण विपन्न अवस्थाका कामदारलाई मर्का परेको ध्यानाकर्षण गरिएको सङ्घका तृतीय अध्यक्ष किशोर कुमार केसीले बताए ।

सङ्घको ध्यानाकर्षण पछि मन्त्री आलेले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको भन्दै केही दिन भित्र नै नेपाली कामदारका प्रमुख गन्तव्य खाडी मुलुक लगायतका देशमा जानेका लागि हवाई भाडाको समस्या समाधान हुने अपेक्षा गरिएको उनले बताए । मध्यान्ह दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्