दक्षिण कोरियाको रोजाइमा नेपाली ! सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने !



काठमाडौं। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ ।  ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेसल भाषा परीक्षा (सिबिटी) परीक्षा उत्तीर्ण दुवै तर्फका भएको बताइएको छ ।

कोरियाले नेपाल, पाकिस्तान, भियतनाम, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, कम्बोडियालगायत एसियाका विभिन्न १६ वटा देशहरूबाट विदेशी कामदार लैजाने गरेको छ । नेपाली कामदार मिहेनती र इमानदार रहेकाले कोरियन रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । तर नेपाली कामदारको कोटा निर्धारण भइसकेको छैन ।

लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरियाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछा पालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुटाइएको हो । नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषि क्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।   

महामीरका कारण लामो समयदेखि रोकिएको नयाँ तथा कमिटेड कामदार ल्याउने कार्य अहिले सुचारु भइरहे पनि यो वर्ष सीमित मात्र कामदार कोरिया आएका छन् । 

विदेशी कामदारको अभाव झेलिरहेको कोरियाले जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरूलाई थप १ वर्ष भिसा थप गर्ने  निर्णय गरेको  छ । कृषि र उत्पादनमूलक क्षेत्रमा मात्रै आउने भए पनि नेपाली कामदारको सङ्ख्या उल्लेखनीय रहँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्