आज देखि ११ को परीक्षा सञ्चालन



असार १,

slc-e1489668293250
राष्ट्रिय परीक्षा बोर्डले आज असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ को परीक्षा सुरु भयको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७ सय ६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९सय ९३ केन्द्र तोकिएका छन् ।
बोर्डले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ । शिक्षा मन्त्रालयले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताएको छ । विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्