दूधजन्य पदार्थमा घातक जीवाणु ‘कोलिफर्म’ भेटियो



काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्ध वृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ ।

चिकित्सकहरू पनि बालबालिका तथा वृद्ध वृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन् । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।

कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।

छाती तथा मुटु रोग विशेषज्ञ डा. दीर्घ सिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वास्थ्यकर हुनुपर्ने बताउँछन् । आजको राजधानी दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्