यस्ता हुन्छन् शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव



काठमाडौं । ज्योतिष शास्त्रअनुसार मानिस जन्मेको साल, महिना, गते, बार र कुन समय जन्मेको हो उक्त साइतले व्यक्तिको स्वभाव,भाग्य र चरित्र निर्धारण गरेको हुन्छ । मानिसको चालचलन व्यवहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्म बार महिना र समयले निर्धारण गरेको हुन्छ । कुन बार र कति बेला जन्मेका हो उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँछन् । त्यसैले कुन व्यक्ति कुन बार जन्मिएको हो उसको स्वभाव पनि त्यस्तै हुन्छ ।

शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ थाहा पाउनुहोस् ।

-शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

-निकै मेहनती हुनको साथै आफ्नो काममा निकै सङ्घर्ष पनि गर्छन् ।

–कहिले पनि धनको कमी हुँदैन तर, बचत भने कहिले पनि गर्न सक्दैनन् ।

–साथीहरू धेरै हुन्छन् तर, साँचो मित्र भने धेरै कम हुन्छ ।

–निकै भावुक स्वभावका हुन्छन् ।

–शुक्रबार जन्मिएका व्यक्तिहरू निकै सजक हुने गर्दछन् ।

–स्वभाव निकै शान्त हुनुका साथै मन, दिमाग,र शरीर निकै राम्रो र सफा हुन्छ ।

–धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सक्छन् । 

शुक्रबार जन्मिएकाहरुालाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । 

यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन्  । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्