सपनामा यौ’न सम्पर्क गरेको देखेमा के अर्थ लाग्छ ? यस्तो छ विज्ञहरूको भनाइ



काठमाडौं । हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हरदिन फरक–फरक प्रकृतिका सपना देख्ने गर्छन् । जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ ।

कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवावस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ ।
विभिन्न अध्ययनहरूका अनुसार अधिकांश युवायुवती यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको आफ्नो प्रियजनसँग भेट होस् र यौ’नक्रिडा गर्न पाइयोस् । त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ ।

तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो ?

यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाईँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुई अर्थ हुन सक्छन् । या त तपाईँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाईँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुहोस् ।

आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा:

यदि तपाईँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पुरानो ब्वाइफ्रेन्डसँग तपाईँको सेक्स लाइफ निकै राम्रो थियो । तपाईँले देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेत मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाईँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ ।

यस्ता सपनाबाट तपाईँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुन थाल्यो भन्ने प्रष्ट हुन्छ ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा:

यदि तपाईँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाईँको मनोविज्ञान र शारीरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ ।

यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाईँको यौ’न पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि तपाईँ कुनै स्त्रीसँगै यौ’न क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाईँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ ।

कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखेमा

यदि तपाईँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाईँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाईँ यस्ता सपना देख्नुहुनेछ ।

प्रेमीसँग बिछोड भएको सपना देखेमा:

प्रेमीसँगको बिछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाईँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठुलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौ’नमनोविज्ञहरु बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्