आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष ४ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष ५ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभरि आंशिक देखि सामान्य बदली रहनेछ।

२०७८ पौष ६ गते (मङ्गलबार)

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामने बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामने बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्