म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा असुली गर्दै ठगि



काठमाडौँ ।   म्यानपावरले पूर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउँदैन । तर म्यानपावरहरूले विना पूर्वस्वीकृति अवैध धन्दा चलाउँदै पैसा असुली गरी युवाहरूलाई पीडित बनाउँदै आइरहेको पाइएको छ ।

वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनी काठमाडौँको सामाखुसी स्थित लिङ्क स्टार म्यानपावरले एक युवालाई एक वर्षदेखि झुलाउँदै आएको पीडितले गुनासो गरेका छन् । उनी सहित अरू युवाहरूलाई क्रोएसिया वैदेशिक रोजगारमा पठाउने भनी अग्रिम ५० हजारको दरले असुली गरेको र लामो समयसम्म पठाउन नसकेपछि पैसा र पासपोर्ट फिर्ता माग्दा विभिन्न नाममा रकम काटेर पैसा फिर्ता पाउने म्यानपावरले बताएको ती पीडितले गुनासो गरे ।

पीडितले भने ‘लामो समय भयो, एक महिनापछि र दुई महिना पछि भन्दै झुलाउँदै आएको छ, लामो समयसम्म काम नभएपछि पैसा र पासपोर्ट फिर्ता माग्दा पैसा काटेर दिने बताइरहेको छ ।’ पीडितले पठाएको प्रमाणहरूको आधारमा सम्बन्धित म्यानपावरले ‘एब्रोड जब्स’ र ‘लिङ्क स्टार म्यानपावर सर्भिस’ नामको फेसबुक पेजबाट पीडितलाई रोजगारमा पठाउने प्रलोभन दिएको खुलेको छ । सम्बन्धित पीडितले म्यानपावरले पैसा असुलीको लागि अवैध रूपमा खडा गरेको सजिला राईलाई ५० हजार सिटि एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाएका थिए ।

प्राप्त प्रमाणको आधारमा सम्बन्धित म्यानपावरले पीडितलाई गत जनवरी ५ तारिकमै क्रोएसिया पठाउनको लागि डकुमेन्ट फरवार्ड भइसकेको भन्ने जानकारी दिएको थियो तर त्यसको  एक वर्ष बित्न १५ दिन मात्र बाँकी छँदा पनि म्यानपावरले झुलाई रहेको पीडितले गुनासो गरे ।

वैदेशिक रोजगार नीति अनुसार लाइसेन्स प्राप्त म्यानपावरले पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन नपाइने नियम छ । तर केही म्यानपावरहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा पठाउने क्रियाकलापलाई धन्दा नै बनाएका छन् । यस सम्बन्धमा सम्बन्धित निकाय समेत मौन बसेको छ ।

कति युवाहरू सिकार बनेका छन् यकिन छैन 
पछिल्लो समय वैदेशिक रोजगारमा आकर्षक प्रलोभन देखाएर पैसा असुली गर्दै झुलाउँदै गर्ने क्रियाकलाप नौलो भने होइन । युरोप वा कुनै आकर्षक देशको प्रलोभनमा पर्दा कयौँ युवाहरू नजानेर र केही जानीजानी दलालको पासोमा पर्ने गरेका छन् ।

कतिपय देशमा नेपाली दूतावास नहुँदा डिमाण्ड प्रमाणीकरण हुँदैन । डिमाण्ड प्रमाणीकरण नहुँदा दलालहरूले डिमाण्डको खेल खेल्छन् । यसरी खेल खेल्नेहरू मध्ये कहिले काम पनि गरिदिन्छन् तर अधिकांशको भने ठग्ने धन्दा मात्र हुन्छ ।  ठगी गर्नेहरूले कतिपयले व्यक्तिगत आवश्यकता वा संस्थाको आवश्यकता पूर्ति गर्न सयौँ युवाहरूलाई गोटी बनाई लाखौँ पैसा असुली गर्ने र लामो समयसम्म झुलाउने गरेको समेत पाइएको छ । त्यसरी असुली भएको पैसाले विदेशमा प्रोसेसको नाममा आफ्नो आवश्यकता पुरा गर्ने गरिएको छ ।

कानुनी रूपमा बच्नको लागि विभिन्न उपाय अपनाएर पैसा असुली गर्ने र कसैले प्रमाण पुर्‍याएर सम्बन्धित निकायमा उजुरी गरिहालेमा वा गर्छु भनेमा पैसाकै बलमा केस मिलाउने वा उजुरी कर्तालाई पैसा मिलाएर अरूलाई झुलाउँदै जाने गरिएको गुनासो बढेको छ । त्यसो आफै काम गर्न नसक्ने वा प्रोसेस नै नगरी यो र त्यो बहानामा पैसा अकातियो भनी अग्रिम असुलीको पैसा काटिदिने समेत गुनासो समस्यामा परेका युवाहरूको गुनासो छ ।

यही उपाय अपनाएर युवाहरुहरुसँग करोडौँ असुली गरेका कतिपय  दलालहरू यतिखेर फरार भएर भारत वा अन्य देशमा छन् । सम्बन्धित व्यक्तिहरूबाट पीडितहरूले पर्याप्त प्रमाणको अभाव र सम्बन्धित निकायको बेवास्ताको सिकार बन्नु परिरहेको छ । कतिपय युवाहरूले आफू ठगिएको प्रमाण समेत पुर्‍याउन सक्दैनन् वा नगदमा कारोबार गर्छन् । यस्ता युवाहरू भने चुपचाप बस्नुको विकल्प छैन ।

साभार : साझासवालबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्