सप्तरीको सुरुङ्गा नगरपालिकामा भलिबल रनिङ्ग प्रतियोगिता हुँदै 



सिराहा, लहान -सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारिमा बृहत् खेलको आयोजना गरेको छ। स्वास्थ्यको लागी खेलकुद राष्ट्रियको लागी खेलकुद मुल नाराको साथ बृहत् खेलको आयोजना गरेको छ।

सुरुङ्गा नगर स्तरीय विद्यालय खेलकुद एवं राष्ट्रिय पति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनमा रहेको छ।नगरपालिका भित्रका अधिकांन्स निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरूले उक्त खेलमा भाग लिएका छन्।

सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले प्रमुख अतिथिको आसनग्रहन गर्दै रिबन काटेर खेलको उद्घाटन गरेका थिए।विशिष्ट अतिथिमा नगरपालिका उप-मेयर बिन्दा देवी पासमान, नगर शिक्षा अधिकारी हिला लाल राना,शिक्षा श्रोत व्यक्ति भोगेन्द्र प्रसाद यादव,सामाजिक विकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरी,सबल नेपालका परियोजना अधिकृत राधेश्याम राम लगायतका अतिथिहरूको सहभागीता रहेको थियो।

प्रतियोगितामा खेलाइने खेलहरूमा  भलिबल, रनिङ रिले,हाई जम्प, ज्यायलिन थे,म्युजिक चेयर ,कुर्सी दौड, भाडाे फुटाउने खेल लगायत दर्जनौँ खेलको प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। खेल पुष ३ गतेदेखि सुरु भएको थियो भने खेलको फाइनल भोलि समापन हुने आयोजकले जानकारी दिनु भयो। खेलमा प्रथम, दृतय र तृतीय हुनेलाई  आयोजकको निर्णय अनुसार पुरस्कार दिने अधिकारी ब्यक्तेली जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्