कु’ट’पिटबाट श्रीमतीको मृत्यु



सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कु’ट’पिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कु’ट’पिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीय विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको ह’त्यामा संलग्न भएको आरोपमा दिपन राईलाई प’क्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।

यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कु’ट’पिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कु’ट’पिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कु’ट’पिटमा संलग्न भएको आ’रोपमा जीवनलाई प्रहरीले प’क्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्