निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा



काठमाडौँ। निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्ने गरी कार्य योजनाको तयारी गरेको छ। आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ। यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो।

यसै गरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्ने गरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। २०७९ मङ्सिर मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ। यो समाचार राजधानी दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्