मलेसियाली कम्पनीमाथि श्रम शो’षणका आ’रोप बढ्दै



एजेन्सी ।   मलेसियाली कम्पनीहरूमाथि श्रम शो’षणका आ’रोप बढ्दै गएको छ । यस क्रममा आप्रवासी श्रमिकमाथि शो’षण गरेको आ’रोप लगाउँदै अमेरिकाले मलेसियाको बेराइट वे ग्रुपका उत्पादनलाई आफ्नो देशमा आयात गर्न प्रतिबन्ध लगाएको छ ।

यसअघि आप्रवासी कामदारको शोषण गरेको आ’रोप लगाउँदै अमेरिकाले टप  ग्लोव्स लगायतका उत्पादनमा पनि पटक पटक प्रतिबन्ध लगाउँदै आएको थियो । अमेरिकाले पछिल्लो पटक ब्राईट वेका उत्पादनमा प्रतिबन्ध लगाएको हो ।  उक्त  कम्पनीका उत्पादनमाथिको  बन्देज अनिश्चित समयका लागि भएको बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरूहुनु अघि अमेरिकाले टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी कम्पनीमाथि आप्रवासी मजदुरलाई न्यून तलब दिएको, वासस्थानको उचित प्रबन्ध नगरेको, कार्यस्थलमा न्यूनतम सुविधाको अभाव रहेको, अतिरिक्त समय काममा लगाउने तर त्यस समयको पारिश्रमिक नदिएको जस्ता आरोप लाग्ने गरेको थियो । अमेरिकी दबाबपछि टप ग्लोब्स लगायत धेरै कम्पनीले सुविधा सम्पन्न होस्टल निर्माण सुरुवात गरेको बताएका छन् । कतिपय कम्पनीले  भर्ना शुल्क फिर्ता गरेका छन् ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्