बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, को-को बन्दै छन् मन्त्री ?



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन् ।

स्रोतका अनुसार काँग्रेसबाट ५ जना मन्त्रीहरू सरकारमा लानेछन् । जसमा ३ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ । बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।

यसअघि काँग्रेसका मन्त्रीहरू सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरू खाली थिए ।  यद्यपि कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन ।

काङ्ग्रेसबाट राधा घले, बलराम सुवेदी, दीपेन्द्र श्रेष्ठ, सन्त चेपाङ र रजनी जोन्छेको नाम मन्त्री बन्ने चर्चामा छ। स्रोतका अनुसार चेपाङ र जोन्छेलाई राज्यमन्त्री बनाउने तयारी छ। 

काँग्रेसले अब हुने मन्त्रिपरिषद् विस्तारमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्