सोलुखुम्बुमा हाइड्रोपावर परीक्षणका क्रममा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु



काठमाडौं। सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दूधकोशी हाइड्रोपावर परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इञ्जिनियर अछामका सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इञ्जिनियर अर्जुन थापा छन्। म्यानेजर मोहम्मद राइन गम्भीर घाइते छन्।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुङ्गा अस्पताल लगिएको थियो। अस्पतालमा पु¥याउदा साथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको थियो। घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर राइन  गम्भीर घाइते भएका छन्। घाइते राइनको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्