आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १६ गते (शुक्रवार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिवार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

२०७८ पौष १८ गते (आइतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्