प्रवेशको पहिलो गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )



काठमाडौँ । नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रवेश राईले  आफ्नो पहिलो साङ्गीतिक सौगात ‘अनलाइन’ सार्वजनिक गरेका छन्। प्रेम शैलीको यस गीतमा स्वर, शब्द र सङ्गीत स्वयम् गायक प्रवेश राईको रहेको छ।

गीतलाई जीआर उप्रेतीले  सङ्गीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ।  अनलाईनमा भएकी प्रेमिकाले  म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा गायक प्रवेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ। भीम लामिछानेले छायाङ्कन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्।  प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

हाल अमेरिकामा बसोबास गर्दै आइरहेका गायक राई नेपाली गीत सङ्गीतलाई मनै देखि माया गर्छन्। आगामी दिनहरूमा अझै स्तरीय सिर्जना सार्वजनिक गर्दै जाने बताउने गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्