पृथ्वी राजमार्गस्थित धादिङको थाक्रेमा जिप दुर्घटना, सेनाले गर्‍यो उद्धार



धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे थाक्रे गाउँपालिकामा स्कोर्पियो दुर्घटनाग्रस्त भएको छ । 

स्थानीयका अनुसार मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा उक्त जिप दुर्घटना भएको हो ।

स्कोर्पियो जीप बाटोबाट तल खसी दुर्घटना भएको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं. ३ बाहिनी अड्डाको फौजले स्कोर्पियो दुर्घटना स्थलबाट ४ जनाको उद्धार गरेको थियो ।

दुर्घटनामा परेको जिप सडकबाट तल खोल्सामा खसेको बताइएको छ भने नेपाली सेनाले घटनास्थलबाट चार जनाको उद्धार गरेको छ ।

अहिले घटनास्थलमा स्थानीय, प्रहरी चौकी धार्केसहितको टोलीले उद्धार गरिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्