आमा बनेपछि प्रियंकाको मुहारमा छल्किएको खुशी (फोटो फिचर )



काठमाडौँ । नायिका प्रियङ्का कार्कीको हातमा चलचित्र नभए पनि उनको चर्चा भने कम भएको छैन । केही वर्षदेखि चलचित्रमा क्रेज कम भए पनि प्रियङ्का प्रेम र बिहेका कारण सधैँ चर्चामा रहिन् । उनै, कार्की अहिले छोरीलाई जन्मदिए पनि एकाएक चर्चामा आएकी छिन् ।

नायिका कार्कीले सामाजिक सञ्जालमा ‘छोरी’को तस्बिर पोष्ट गर्दै खुसी व्यक्त गरेकी छिन् । फोटोमा उनका श्रीमान् आयुष्मान् देशराज जोशी पनि निकै खुसी देखिएका छन्।  उनका निकट केही आफन्त र आफ्नो सन्तानसँग रमाइरहेको फोटो उनी शेयर गरिरहन्छिन् । उनले  छोरीको नाम आयंका राखेकी छिन ।

प्रियङ्का र आयुष्मान् २०७६ साल फागुन १६ गते विवाह बन्धनमा बाँधिएका थिए । गत वर्षको चैत २० गते प्रियङ्काले आफू गर्भवती भएको जानकारी दिएकी थिइन्। उनले ‘वि आर प्रेग्नेन्ट’ भन्दै फोटो सेयर गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्