२०२२ मा आमा बन्दै बलिउडका यी अभिनेत्रीहरू



एजेन्सी । नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरू यो वर्ष आमा बन्दै छन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।

केही दिन अघि मात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यही कारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।

कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् । टेलिभिजन अभिनेत्री पूजा बनर्जीको आमा बन्ने तयारी छ । हालै मात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

क्रिकेटर हार्दिक पाण्डेकी पत्नी तथा अभिनेत्री नताशा स्तानको विकले पनि क्रिसमसको मौका पारेर आफ्नो बेबी बम्प तस्बिर सार्वजनिक गरेकी थिइन् ।​ कन्नड फिल्म अभिनेत्री सञ्जना घलरानी पनि हालका दिनमा गर्भवती छिन् । यो कुराको खुलासा उनले हालै एक मिडियो  पोर्टलसँगको कुराकानीमा गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्