गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिने



भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रङ्गशालाको लागि काम अघि बढाउने बताइन्।

सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रङ्गशाला बनाउँदा लागेको ऋण र बहु वर्षीय योजनाअनुसार काम अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गर्ने दाहालको भनाइ छ ।

उनले चितवन जिल्ला व्यावसायिक, आर्थिक केन्द्रको रूपमा, मेडिकल सिटीको रूपमा, शैक्षिक हबको रूपमा, उत्पादनको केन्द्रको रूपमा, कृषि हबको रूपमा स्थापित भई दूध, माछामा आत्मनिर्भर बनेको बताइन् ।

फाउण्डेशनले आर्थिक अभावका कारण केही दिन अघि मात्रै रङ्गशाला निर्माणबाट हात झिकेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्