आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्