एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित



पोखरा । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् । शुक्रवारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतता पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी उपाध्यक्षमा फलेवास नगरपालिकाका प्रमुख एवं हालका जिल्ला सचिव पदमपाणि शर्मा, सचिवमा गोविन्द पहारी,सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन् । पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी नै सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ ।

जसमा बिहादि गाउँपालिका भित्र बाट जिल्ला सदस्यहरूमा भीम बहादुर क्षेत्री ,दुर्गा भुसाल, दिक प्रसाद थापा , जित बहादुर नेपाली , धन राज पुरी (गाेपाल) , शुस्मा भट्ट , काेशिला भुसाल  छन् भने बिहादी गाउँपालिकाको वडा नम्बर बाछ्छा बाट जिल्ला सदस्यमा कोही नपरेको देखिएको छ |

चार दिन देखिको प्रयास पछि सोमबार सहमति जुटेसँगै पौडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध भएको छ । पौडेल यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य बनेका थिए भने महाशिला गाउँपालिकाका अध्यक्ष समेत हुन । उनी आठौँ अधिवेशनमा पदम गिरिसँग झिनो मतले पराजित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्