बराचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न 



पर्वत |  पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको  बराचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ |

२०७३ सालमा स्थापन भएको सहकारीले महिलाहरूलाई विभिन्न तालिम दिदै आर्थिक आर्य आर्जनको मुख्य स्रोत बनाउँदै आएको छ |

अहिले सहकारी मा ४०० भन्दा धेरै सेयर सदस्य रहेको सहकारीकी पूर्व अध्यक्ष खैसरा परिवारले जानकारी दिनुभयो |

पाँचौँ वार्षिक साधारण सभा कार्यक्रमको  प्रमुख अतिथि बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कँवर रहनु भएको थियो भने विशिष्ट अतिथिमा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका वडा सदय रत्न बहादुर कुँवर( शिव ), डोलेन्द्र गिरी , सुशिला नेपाली लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न सङ्घ संस्था प्रमुख लगाएको उपस्थिति रहेको थियो |

कार्यक्रममा.व २०७७/०७८ मा भएको हरेक हिसाबकिताब गतिविधि हरू प्रस्तुत सँगै सहकारीमा लागि सहकारीको विभिन्न पदमा बसेर सहकारीलाई  अगाडि बढाउन सहयोग गरेकालाई सम्मान पत्र समेत वितरण गरिएको थियो |

कार्यक्रम बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर स्वास्थ्य चौकीको प्रगाढमा भएको थियो |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्