गायक विपिन र सुजाताको “जाल बुन्यो” बोलको गित सार्बजनिक (भिडिओ)



काठमाडौँ । यो गीतलाई सङ्घीय राजधानीमा एक समारोहबिच शुक्रवार रिलिज गरिएको हो । यो गीतलाई शिव अधिकारीले लेखेका हुन् । जाल बुन्यो माकुरीलेमा सङ्गीत विपिन घिमिरेको र सङ्गीत संयोजन सञ्जय श्रीपालाको रहेको छ ।

सङ्गीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले’ बजारमा ल्याएका छन् ।

यो गीतको भिडियोमा दुई जुम्ल्याहा युवा र युवतीको अभिनय रहेको छ । जुम्ल्याहा पुरुष मोडल अमर दाहाल, अमृत दाहाल, महिला मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय यसमा रहेको छ । गीतको भिडियोलाई केही रोचक बनाउन पनि आफूहरूले दुई जना जुम्ल्याहा जोडीलाई प्रस्तुत गरिएको गायक विपिनले बताएका छन् ।

लामो समयपछि आफूहरूले फेरीसँगै जोडीको रूपमा भिडियो गर्न पाउँदा जुम्ल्याहा मध्यका मोडल अमृत दाहालले भिडियो रिलिजका क्रममा बताए । आफूहरूको यो भिडियोमा निकै मेहनत गरेको उनीहरूको भनाई थियो ।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको जाल बुन्यो माकुरीलेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । जसमा मान कृष्ण महर्जनको छायाङ्कन रहेको छ ।

गीतलाई राजेन्द्र मोक्तानले कलर करेक्सन गरेका हुन् । यो गीतको भिडियोलाई सुजाता केसीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्