उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो



उदयपुर । देशको विभिन्न ठाउँमा सवारी अनुमति पत्रका लागि अनलाइन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोलि पल्ट नै पालो आउने गरेको छ ।

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चार पाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमति पत्र, अनलाइन फारम भरेको भोलि पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।

यहाँ सेवा भर्खरै सुरु भएकोले कतिपयले थाहा नपाएर अनलाइन फारम भर्नेको चाप कम रहेको छ । जसका कारण छिटो पालो आएको उनले बताए । सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढी रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ । “चार पाङ्ग्रे र स्कुटरको अनलाइन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने बिस्तारै समय लम्बिँदै गएको छ ।

अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । गत कात्तिक २८ देखि कार्यालयले उदयपुरमा सुरु गरेको सवारी अनुमति पत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको छ । गोरखापत्रमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्