धनुष र ऐश्वर्या रजनीकान्तको डिभोर्स



एजेन्सी । दक्षिण भारतीय सिनेमाका सुपरस्टार अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तबीचको वैवाहित सम्बन्ध टुटेको छ। विवाहको १८ वर्षपछि साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको सम्बन्ध विच्छेद भएको छ ।

धनुष र ऐश्वर्यालाई दक्षिण भारतीय सिनेमाको ‘पावर कपल’ मानिन्थ्यो ।  ऐश्वर्या दक्षिण भारतीय फिल्ममा निर्देशकदेखि गायकसम्म रहेकी छिन् ।

धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले १८ वर्षसम्म साथी, जोडी, अभिभावक र शुभचिन्तक बनेर लामो यात्रा तय गर्‍यौ। आज हामी जहाँ उभिएका छौँ, यसमा हामी दुवैको उत्तिकै भूमिका छ। मैले र ऐश्वर्याले अब सम्बन्धबाट छुटिने फैसला गरेका छौँ। हामी आफैँलाई बुझ्नका लागि समय दिनुपर्ने आवश्यक ठानेका छौँ ।‘

धनुष र ऐश्वर्याले सन् २००४ नोभेम्बरमा विवाह गरेका थिए।  ऐश्वर्या र धनुषको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन्। दुवैले तमिल रीतिरिवाज अनुसार विवाह गरेका थिए ।  

उनीहरूका दुई छोरा छन्, यात्रा राजा र लिङ्ग राजा । धनुष र ऐश्वर्याको ब्रेकअपको खबरले फ्यान निकै निराश भएका छन्। सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।   

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्