वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार



जनकपुरधाम ।   जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बनाएको आरो लगाउँदै मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार भएको छ । आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो । 

काँग्रेसको वीरगञ्ज समितिले निकालेको जुलुसले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेपछि उनको घरको सिसा फुटेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा रहेका आन्दोलनकारीहरुमध्ये एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेपछि झ्यालमा सामान्य क्षति भएको जानकारी दिएका हुन् ।

मोटरसाइकल जुलुस निकालेका काँग्रेस कार्यकर्ताहरूले कालोझण्डा बोकेका थिए । उनीहरूले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् । सोमबार प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेश २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्