खेसरीलालले भने- मेरो डेढ करोड क्षति भएको छ, आयोजकले क्षतिपूर्ति दिनुपर्छ



सुनसरी । सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै आक्रोशित दर्शकले उपद्रो मच्चाएका छन् । उनीहरूले चार वटा गाडीमा आगजनी गरे । बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना भएको थियो । उक्त महोत्सवको अन्तिम दिन आज भोजपुरी कलाकार यादव आउने तय भएको थियो । उनी विराटनगरमा आएर बसेका थिए ।

तर प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले यसै क्रममा यता महोत्सव स्थलमा भने आफूहरूसँग टिकटबापत पैसा असुलेर पनि आयोजकले कलाकार नल्याएको भन्दै आक्रोशित दर्शकले स्टेज तोडफोड गर्दै चार वटा स्कोरपियो गाडीमा आगो लगाए।

गत २३ पुसदेखि सुरु भएको महोत्सवको अन्तिम दिन हिजो यादव आउने भनेर आयोजकले टिकट बेचेका थिए । दुई दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीका कारण भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्न आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै यादवलाई निम्त्याए । यादवलाई आयोजकले पैसा अग्रिम भुक्तानी गरिसकेको थियो ।

कलाकार यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए ।  यसमा आयोजक नै दोषी रहेको बताउँदै कलाकार यादवले भएको क्षति आयोजकले नै तिर्नुपर्ने दाबी गरेका हुन्।

‘प्रशासनले दुई दिनअघि नै रोक लगाएपछि महोत्सव रोक्नुपर्ने थियो। तर आयोजकले टिकट बिक्री गर्‍यो, तर मलाई यसबारे जानकारी थिएन’, कलाकार यादवले मङ्गलवार राति विराटनगरस्थित होटल एसियाटेक सञ्चारकर्मीसँग  भनेका छन्,  ‘मलाई पनि गुमराहमा राखियो।’  कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उनले बताए । यसमा आफ्नो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी नरहेको, आयोजक नै दोषी रहेको आरोप लगाए ।

तोडफोड र आगजनीबाट चार वटा स्कार्पियो, संगीतका सबै साधन ध्वस्त भएको र कम्तीमा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी कलाकार यादवले गरेका छन् । यसमा अरू कसैको दोष नभएको र आयोजकले ढाँटेकाले उसैले यसको क्षतिपूर्ति दिनुपर्ने जिकिर उनले गरेका छन्।  बर्जु महोत्सवको आयोजना बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्