कोटेश्वरमा टिपरको ठक्करबाट प्रकाश लिम्बूको मृत्यु



काठमाडौं। काठमाडौँको कोटेश्वरमा मङ्गलवार राति तीव्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु रहेका छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

मङ्गलवार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङको पथरी घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बूको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपरसहित फरार भएका चालकको खोजी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्